काठमाडौं। आदर मल्टि इन्भेष्टमेण्ट कम्पनीले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ५३ करोड ५७ लाख ४० हजार रुपैयाँ बराबरको ५३ लाख ५७ हजार ४ सय कित्ता सेयर जारी गर्ने भएको हो।
कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । असार २ गते आयोजित एक कार्यक्रममा आदर मल्टि इन्भेष्टमेण्ट कम्पनीको तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
विशेष गरी चिनिँया सामानहरूको थोक व्यापार गर्ने केही व्यापारीहरूको संयुक्त लगानीमा, व्यापार गर्ने क्षेत्रमा आवश्यक न्यूनतम सुविधाको कमी हुँदै गएको तथा दिन प्रतिदिन समस्या थपिन थालेकाले विकल्पको रुपमा आदर मल्टि इन्भेष्टमेण्ट कम्पनी लिमिटेड स्थापना भएको हो ।
कम्पनीले विभिन्न खाका अनुसार लगानीको वातावरण बनाएर बैंकसँगको सहकार्यमा का.म.पा. १४, बल्खुमा भएको करिब ३६ रोपनी भन्दा बढि जग्गा खरीद गरेको छ । कम्पनीले उक्त जग्गामा कानुनका अधीनमा रहि व्यापारीका भवन निर्माण गरिसकेको छ ।
उक्त भवनमा जम्मा २,१५२ पसल रहेको छ भने सिभिल तर्फको काममा ८६५ भन्दा बढी सम्पन्न भइसकेको छ । आगामी वर्षहरूमा थप आर्थिक पूर्वाधार लगायत जलविद्युत आयोजनाहरूमा समेत लगानी गर्दै जाने कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्