Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंक र पशुपति रिक्रिएसनबीच सम्झौता

अर्थ सरोकार

काठमाडौं। कुमारी बैंक लिमिटेड र पशुपति रिक्रिएसन प्रा.ली. (उप्स) बीच बैंकका ग्राहकहरूलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूले उप्समा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ, जिपलाईन, क्लाइम्बिङ लगायत इन्डोर र आउटडोर खेलहरू खेल्न कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआर द्वारा रिर्चाज गर्दा १०% बोनस रिचार्ज प्राप्त गर्न सक्नेछन् । 

यस सुविधाबाट ग्राहकहरूले सहज र गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अझ धेरै मनोरञ्जन प्राप्त गर्न सफल भई ग्राहक सन्तुष्टि बढाउन मद्दत गर्नेमा बैंक विश्वस्त रहेको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ इकाइहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK