काठमाडौं। कुमारी बैंक लिमिटेड र एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रा.ली. (फिल्ली) काठमाडौं बीच बैंकका ग्राहकहरूलाई फिल्लीबाट प्रदान गरिने सेवा तथा सुविधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले फिल्लीका लाजिम्पाट, लबिम मल पुल्चोक, ठमेल र बैद्धि स्थित शाखाहरूबाट सेवा लिए बापत गर्नुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरद्वारा गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाबाट ग्राहकहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा आफ्ना ग्राहकहरूलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्सहान गर्नुका साथै आर्थिक अवस्थालाई सुदृढ पार्न मद्दत गर्नेमा बैंक विश्वस्त रहेको छ ।
कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ इकाइहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्