×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्री निवासमा ३ वर्षमा ४२ करोड खर्च, ‘मन्त्री फेरिँदा निवासका भाँडाकुँडादेखि बेडरुमका तन्नासमेत फेर्न लगाउँछन्’

GLOBAL IME BANK

मन्त्री निवासमा ३ वर्षमा ४२ करोड खर्च, ‘मन्त्री फेरिँदा निवासका भाँडाकुँडादेखि बेडरुमका तन्नासमेत फेर्न लगाउँछन्’

२४ जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । तीन वर्षमा मन्त्री निवासमा मात्रै नियम मिचेर ४२ करोड खर्च भएको पाइएको छ । मर्मत सम्भारका नाममा पछिल्लो तीन वर्षमा मन्त्रीसहित विशिष्ट व्यक्तिहरुको सरकारी निवासमा ४२ करोड १३ लाख २८ हजार रुपैयाँ खर्च भएको पाइएको हो । 

अझ मन्त्री निवासको मर्मत तथा रङ्गरोगन र सामान खरिदका लागि गरिने खर्च सार्वजनिक खरिद प्रक्रिया विपरीत हुने गरेको पाइएको छ ।

मन्त्री फेरिएसँगै मन्त्री निवासमा पनि फर्निचर, भाँडाकुँडा, बिजुलीका सामान, कार्पेट, सोफा, पर्दा लगायतका सामान फेर्ने प्रवृत्तिले वर्षेनी राज्यको ठूलो खर्च मन्त्री निवासमा अस्वभाविक रुपमा खर्च हुने गरेको छ । सरकारी निवासको खर्च विवरणअनुसार मन्त्री निवासको रङरोगनका, मर्मतसम्भार र सामान खरिदमा मात्रै वार्षिक १५ करोडभन्दा बढी खर्च हुने गरेको छ ।

यसो त मन्त्री निवासमा हुने यस्तो खर्चका विषयमा महालेखा परीक्षाको कार्यालयले प्रश्न उठाउँदै आएको छ । तर, मन्त्री फेरिनेबित्तिकै आउने नयाँ मन्त्रीको ‘सनक’का भरमा गराइने परिवर्तनका कारण खर्च धेरै आउने गरेको छ । यतिसम्म कि, मन्त्रीहरु फेरिँदा मात्रै पनि मन्त्री निवासमा मन्त्रिहरुले भान्साका भाँडाकुँडा, बेड रुमका सिरक, डसना, तन्ना, सिरानी फेर्न लगाउने गरेका छन् ।

त्यस्तै, पछिल्लो तीन वर्षमा सामान खरिदमा मात्रै नियम विपरीत गरिएको खर्च २८ करोड ५४ लाख १८ हजार रुपैयाँ बराबर रहेको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: