Skip to content
LAXMI SUNRISE BANK

बिहीबारदेखि ‘नाडा अटो शो-२०२४’ को रजिष्ट्रेशन खुला हुने, गोला प्रथाबाट स्टल उपलब्ध गराइने

अर्थ सरोकार

काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले ‘नाडा अटो शो -२०२४’ आयोजना गर्न लागेको छ। नाडाले यहि भाद्र ११ देखि १६ गतेसम्म सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको एक मात्र भव्य प्रदर्शनीको १६औं संस्करण आयोजना गर्न लागेको हो। 

काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको यही जेठ ३१ गते देखि असार ५ गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुला गरिने भएको छ । प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरू जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने भएको छ । 

उक्त प्रदर्शनीमा २-पाङग्रे, ३-पाङग्रे, ४-पाङग्रे, लाइट कमर्सियल, वित्तिय संस्था, अटो कम्पोनेन्ट एवं ग्यारेज उपकरणहरूलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरूप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

नाडा अटो शो समितिका संयोजक अनुपकुमार बरालका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान पुर्याउँदै आइरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यापारी, उद्यमी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा अटो शो २०२४ ले सकारात्मक उर्जा एवं नवीनतम् प्रविधिहरूको साक्षात्कार गराउने नाडाको विश्वास रहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK