Skip to content
LAXMI SUNRISE BANK

नागरिक लगानी कोष र युनाइटेड मेवा खोला हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्बन्धी सम्झौता

अर्थ सरोकार

काठमाडौं। नागरिक लगानी कोष र युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। 

सम्झौतापत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडको तर्फबाट अध्यक्ष आशिष थापाले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता कार्य कोषको केन्द्रिय कार्यालय नयाँबानेश्वर, स्थित सिआईटी बिल्डिङ्गमा जेठ ३० गते सम्पन्न भएको हो।

कोषले हाइड्रोपावरले सर्वसाधारणका लागि छुट्याएको एक करोड ६१ लाख ७० हजार कित्ता सेयर प्रत्याभूति गर्ने भएको छ । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK