×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निओ मनी ट्रान्सफर र ट्रान्सफर रेपिडबीच सहकार्य, रोमानियाबाट सहजै रेमिट्यान्स पठाउन सकिने

GLOBAL IME BANK

निओ मनी ट्रान्सफर र ट्रान्सफर रेपिडबीच सहकार्य, रोमानियाबाट सहजै रेमिट्यान्स पठाउन सकिने

२ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। निओ मनी ट्रान्सफर र रोमानियाको ट्रान्सफर रेपिडबीच सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि रोमानियामा बसिरहेका नेपालीहरूले सुरक्षित र सहज रुपमा पैसा पठाउन सक्नेछन् । 

निओ मनी ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनी ट्रान्सफर कम्पनी हो । वैदेशिक रोजगारीको खोजीमा रहेका नेपालीहरूको रोजाइको गन्तव्यमा अहिले रोमानिया निकै आकर्षक गन्तव्य हो । हाल रोमानियामा २२ हजारभन्दा बढी नेपालीहरू आफ्ना परिवारका लागि काम गर्नुका साथै बसोबास गरिरहेका छन् ।

रोमानियामा रहेका नेपालीहरूले अव ट्रान्सफर रेपिड बीचको शाखाहरू, वेबसाइट पोर्टल र मोबाइल एप्लिकेसनबाट छिटो र प्रभावकारी रुपमा नेपालमा पैसा पठाउन सक्नेछन् । बैंक तथा वलेट भुक्तानी कारोबारहरू निओ मनी ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहीको खातामा भुक्तानी हुनेछ । 

साथै नगदमा पठाइएको कारोबार पनि निओ मनी ट्रान्सफरका नेपालभर रहेका १५,००० भन्दा धेरै शाखाहरूबाट सजिलै प्राप्त गर्न सकिनेछ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: