Skip to content
LAXMI SUNRISE BANK

नेपाल एसबिआई बैंक र इसेवाबीच सम्झौता

अर्थ सरोकार

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेड र इसेवा लिमिटेडबीच इसेवा नेटवर्क, डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनी ट्रान्सफर सेवा सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

उक्त सम्झौताले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, काउन्टर डिपोजिट लगायत बैंकका च्यानलहरू मार्फत ग्राहकहरूलाई आफ्नो इसेवा वालेटमा रकम स्थानान्तरण गर्न सहज बनाउने कम्पनीले जनाएको छ । साथै, यस सम्झौताले इसेवा प्लेटफर्म मार्फत तत्कालै खाता क्रेडिट गरी व्यापार भुक्तानीहरू सहजीकरण गर्न सहयोग पुर्याउँछ।

उक्त सम्झौता पत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमख कार्यकारी अधिकृत दीपक कुमार दे को उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमख कार्यकारी अधिकृत तथा प्रमख वित्तिय अधिकृत राजेश कुमार पन्डा र इसेवाका तर्फबाट प्रमख कार्यकारी अधिकृत, जगदिश खड्काले हस्ताक्षर गरेका थिए । 

कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत यादबेन्द्र कान्त, प्रमख प्रविधि अधिकृत,  सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रबर्द्धन अधिकृत, रितेश अर्याल र इसेवा लिमिटेडका प्रमख रणनीति अधिकारी रवि शाक्य लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

हाल यस बैंकले ९७ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK