×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार १७.०४ अंकले घट्यो नेप्से परिसूचक, ५ अर्ब ४७ करोडमाथिको सेयर कारोबार

GLOBAL IME BANK

आइतबार १७.०४ अंकले घट्यो नेप्से परिसूचक, ५ अर्ब ४७ करोडमाथिको सेयर कारोबार

२ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा आज नेप्से परिसूचक १७.०४ अंकले घटेर २०९५.२५  बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १७ कम्पनीको १ करोड ३२ लाख २३ हजार ८ सय ८४ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४७ करोड २२ लाखमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, आइतबार पनि सबैभन्दा बढी कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको ३० करोड ४० लाख ५३ हजार ४ सय ९२ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आजको सेयर बजारमा सबैभन्दा बढी नाफा नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: