काठमाडौं। नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन (साविक होटल सेभेन स्टार) बीच वित्तिय परामर्श र व्यवस्थापनको लागि सम्झौता सम्पन्न भएको छ। नारायणहिटी उत्तर ढोका स्थित होटलको कर्पोरेट कार्यालयमा दुबै कम्पनीका उच्च पदाधिकारीको उपस्थितिमा २०८१ आषाढ ६ गते उक्त सम्झौता सम्पन्न भएको हो।
सम्झौता पत्रमा होटलको तर्फबाट अध्यक्ष हरि प्रसाद पाठक र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई हस्ताक्षर गरेका थिए ।
होटलको हालको पूँजी संरचना परिवर्तन, लिमिटेड कम्पनीमा रूपान्तरण, आवश्यक श्रोतको व्यवस्थापन, व्यवसायिक योजना, होटलको बजारीकरण, सर्वसाधारणलाई सेयर निष्कासन लगायत कार्यमा नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले परामर्शदाताको रूपमा सेवा प्रदान गर्नेछ ।
नेक्सजेन म्यानेजमेन्ट सम्पत्ति व्यवस्थापन र व्यवसायिक परामर्श दिने कम्पनी हो।
चितवनको सौराहामा २०६७ सालमा स्थापित होटल सेभेन प्रा.लि दुई तारे सुविधा सम्पन्न होटल हो। ५२ कट्ठा जग्गामा निर्मित होटलमा सुविधा सम्पन्न ४८ कोठा, स्विमिङ पुल, छुट्टै रेष्टुरेन्ट, तीनवटा सेमिनार हलहरू रहेका छन्।
होटलले निकट भविष्यमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न पाँच तारे स्तरको सुविधा प्रदान गर्ने गरी होटललाई स्तरोन्नति गरिहेको छ। आउने वर्ष होटलको थप ३० वटा कोठा, सेमिनार हल, जिम क्लब, कन्टिनेन्टल रेष्टुरेन्ट बनाउने योजना छ । त्यसको लागि थप पूँजीको आवश्यकता पर्छ। थप संस्थापक सेयरधनीहरू ल्याउने र सर्वसाधारणलाई सेयर जारी गरी पूँजीको व्यवस्था गर्ने योजना रहेको होटलका अध्यक्ष हरि प्रसाद पाठकले जानकारी गराएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्