Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकद्वारा मास्टरकार्ड सेवा शुभारम्भ, भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्य

अर्थ सरोकार

काठमाडौं। एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टर कार्ड सेवा शुभारम्भ गरेको छ । आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमकाबीच उक्त कार्ड सेवाको शुभारम्भ गरिएको हो ।

डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टर कार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट ग्राहकहरूले प्राप्त गर्न सक्नेछन् । जसमा अत्याधुनिक सुरक्षा प्रविधि (EMV chip) तथा अत्याधुनिक कन्ट्याकलेस प्रविधि समेत प्रयोग गरिएको छ । 

सो कार्डमार्फत ग्राहकहरुले नेपाल, भारत र भुटानबाट एटिएम व्हिथड्रको साथमा पिओएस तथा ई–कमर्स भुक्तानी लगायतको सुविधा उपभोग गर्न सक्नेछन् । ‘डिजिटल फष्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मास्टर कार्डबीचको यो सहकार्यले नेपालको बैंकिङ क्षेत्रलाई थप उचाइमा पुर्याउन  ठोस योगदान दिने बैंकले विश्वास लिएको छ । 

कार्ड बैंकिङ सेवा प्रदायकको रुपमा मुलुकका अग्रणी वाणिज्य बैंकको रुपमा रहेको एनआईसी एशिया बैंकले हालसम्म भिसा कार्डबाट सेवा प्रदान गरिरहेको थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK