Skip to content
LAXMI SUNRISE BANK

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको थप नयाँ एटीएम सञ्चालनमा

अर्थ सरोकार

काठमाडौं।  एनएमबी बैंक लिमिटेडले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ। विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पुर्याउने उद्देश्यले थप एक एटिएम सञ्चालनमा ल्याएको हो ।

बैंकले यसअघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडान स्थलको यात्रु प्रस्थान स्थलमा एउटा तथा अन्तराष्ट्रिय आगमन कक्षमा दुई वटा एटीएम सञ्चालनमा ल्याइसकेको छ ।

एनएमबी बैंकले हाल देशभर २०१ शाखा, १८८ एटिएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK