×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकले मनायो सातै प्रदेशमा एमएसएमई दिवस

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनएमबि बैंकले मनायो सातै प्रदेशमा एमएसएमई दिवस

Artha Sarokar

१४ असार २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएमबि बैंकले ‘एमएसएमई दिवस-२०२४’ मनाएको छ । बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकहरूलाई सम्मान र सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेर एमएसएमई दिवस मनाएको हो।

कार्यक्रममा बैंकका विभिन्न शाखाहरूका ८०० भन्दा बढि ग्राहकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा एमएसएमईका ग्राहकहरूलाई लेखा, वित्त, मार्केटिङ, डिजिटलाइजेसन जस्ता विषयहरूको जानकारी दिँदै यसबाट अधिकतम फाइदा लिएर व्यवसाय अभिवृद्धि गर्नको लागि उत्प्रेरित गरिएको थियो ।

कार्यक्रममा उपस्थित ग्राहकबीच एक आपसमा सम्बन्ध जोड्न र उनीहरूको व्यवसाय प्रवर्द्धन गर्नको लागि बैंकले सहजिकरण गर्दै ग्राहकहरूलाई उनीहरूको व्यवसायमा आईपरेको विभिन्न समस्याहरू समाधान गर्नको लागि सुझाव दिइएको थियो भने उपस्थित केही ग्राहकहरूले आफ्नो सफलताका कथाहरू समेत सुनाएको थियो ।

एमएसएमई तथा अन्य प्राथमिक क्षेत्रलाई प्राथमिकतामा राख्दै आइरहेको बैंकले, एमएसएमई दिवस विगत ३ वर्षदेखि मनाउँदै आइरहेको छ । यस्ता कार्यक्रममा उपस्थित ग्राहकहरूले प्रतिस्पर्धात्मक बजारमा आफूलाई शसक्त बनाएर आफ्नो ब्यापार व्यवसाय बढाउने समेतको आत्मविश्वास बैंकले प्रदान गरेको छ । एनएमबी बैंक विगत २८ वर्ष देखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।

एनएमबी बैंकले हाल देशभर २०१ शाखा, १८८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी