×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डेनमार्कमा कोरियन ‘रामेन चाउचाउ’ बेच्न प्रतिबन्ध !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

डेनमार्कमा कोरियन ‘रामेन चाउचाउ’ बेच्न प्रतिबन्ध !

Artha Sarokar

३१ जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । डेनमार्कले रामेन चाउचाउमाथि प्रतिबन्ध लगाएको छ । अत्यन्तै मसालेदार, पिरो र विषाक्त हुनसक्ने भन्दै डेनमार्कले कोरियन रामेन चाउचाउमाथि प्रतिबन्ध लगाएको हो ।

डेनिस भेटनरी तथा फूड एडमिनिस्ट्रेसनले उक्त चाउचाउमा क्याप्सिकमको मात्रा अत्याधिक हुने भएकाले मानव स्वास्थ्यमा विषाक्त पैदा गर्न सक्ने निष्कर्ष निकालेको थियो । सो लगत्तै डेनमार्कले कोरियाले निर्यात गर्ने थ्री एक्स स्पाइसी एण्ड हट चिकेन, टू एक्स स्पाइसी एण्ड हट चिकेन र हट चिकेन भेराइटीका स्पाइसी चाउचाउमाथि प्रतिबन्ध लगाएको हो । 

योसँगै अब प्रतिबन्धित चाउचाउ डेनमार्कमा बिक्रीवितरण गर्न पाइने छैन । त्यस्तै, डेनमार्कको खाद्य विभागले उपभोक्ताहरुलाई यस्ता चाउचाउ खरिद तथा उपभोग नगर्न र खरिद गरेको भए सम्बन्धित पसलमा फिर्ता गर्न पनि आग्रह गरेको छ ।

यस्ता चाउचाउमा खुर्सानीको मात्रा अत्याधिक हुने भएकाले यसले बालबालिका र वयस्क शरीरमा विषाक्त पैदा गर्न सक्ने खाद्य नियन्त्रक विभागले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी