×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रतिनिधि सभाः आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रतिनिधि सभाः आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर 

Artha Sarokar

६ असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ  । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन् ।

प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम प्रधानमन्त्रीले आजको बैठकमा सांसदले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा शुरु हुनेछ । 

त्यस्तै, आजकै बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित सातवटा मन्त्रालयका मन्त्रीहरूले दिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, कृषि तथा पशुपक्षी विकास, सञ्चार तथा सूचना प्रविधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन र कानून, न्याय तथा संसदीय मामिलामन्त्रीले जवाफ दिनेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी