×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसद कर्मचारीका मागका सम्बन्धमा समिति गठन, बढ्ला त तलब ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

संसद कर्मचारीका मागका सम्बन्धमा समिति गठन, बढ्ला त तलब ?

९ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । संघीय संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन सङ्घीय संसद् सचिवालयका कर्मचारीका माग सम्बोधन गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उक्त समिति गठन गर्ने निर्णय भएको हो । सो समितिमा सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी सदस्य रहेका छन् ।

बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमान पुन र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गिरी सहभागी थिए । मुख्य सचिव डा. बैकुण्ठ अर्याल र सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय पनि बैठकमा उपस्थित रहेका थिए ।

सभामुखले संसद् सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक अनौपचारिक छलफल गरिरहेको उनका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी