काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ४ सय ७३ विद्यालयले छात्रवृत्ति विवरण पेश गरेका छन् । महानगरभित्रका विभिन्न ४ सय ७३ विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने १ लाख ४९ हजार ९५० जना विद्यार्थीमध्ये चालु शैक्षिक सत्रका लागि १८ हजार ४ सय २२ जनाले छात्रवृत्ति प्राप्त गरेका हुन् ।
अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७४ शिक्षा नियमावली, २०५०, काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार महानगरपालिका भित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक विद्यार्थीलाई वितरण गर्नुपर्ने व्यवस्था छ ।
सोही व्यवस्था कार्यान्वयन गराउन पटक पटक महानगरले अनुरोध गर्दा ४७३ संस्थागत विद्यालयका १८ हजार ४२२ जनाले छात्रवृति पाएको विवरण प्राप्त भएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयलाई तीन दिनभित्र माग भएको छात्रवृत्ति विवरण उपलब्ध गराउन बिहीबार एक सूचनामार्फत पुनः अनुरोध गरेको छ । यस अवधिभित्र पनि माग भएको विवरण पेस नगर्ने विद्यालयहरूलाई शैक्षिक सत्र २०८१ मा सञ्चालनमा नरही बन्द विद्यालयको रूपमा अभिलेखीकरण गर्ने महानगरले चेतावनी दिएको छ ।
त्यस्तै, महानगरले त्यस्ता विद्यालयहरूमा विद्यार्थी भर्ना नगर्न तथा गराएको भए अन्यत्र स्थानान्तरण गर्न समेत अभिभावकहरूलाई सूचित गर्ने तथा रीतपूर्वक छात्रवृत्ति विवरण उपलब्ध नगराउने विद्यालयहरूलाई प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुने जारी सूचनामा उल्लेख गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्