×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टायर रिसाईक्लिङ गर्ने पोखराको स्टार्टअप बन्यो ‘स्टार्टअप वर्ल्डकप नेपाल २०२४’ को च्याम्पियन

GLOBAL IME BANK
SHREE KESH

टायर रिसाईक्लिङ गर्ने पोखराको स्टार्टअप बन्यो ‘स्टार्टअप वर्ल्डकप नेपाल २०२४’ को च्याम्पियन

१४ असार २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पोखराका स्टार्टअपहरुले ल्याएको टायर रिसाईकल गर्ने स्टार्टअप नेपालकै उत्कृष्ट स्टार्टप हुन सफल भएको छ । बिहीबार काठमाडौँमा सम्पन्न स्टार्टअप वर्ल्डकपको नेपालको फाइनलमा पोखराको स्टार्टअप टिआरएफ अपसाईकल्स नेपाल च्याम्पियन घोषित भएको हो ।

स्टार्टअप हब नेपालले आयोजना गरेको स्टार्टअप वर्ल्डकपको नेपालको फाईनलमा बिहीबार उत्कृष्ट १० स्टार्टपले आफ्नो आइडिया पिच गरेका थिए । सहभागी टप १० मध्ये ९ लाई पछि पार्दै टि आर एफ नेपाल च्याम्पियन हुन सफल भएको हो ।

यसपटक पहिलो चोटि स्टार्टअव वल्र्डकपको संस्थापक कम्पनीका पार्टनर जस्टिन ज्याक्सन नेपालको फाइनलका लागी आएका थिए । उनले नेपालको स्टार्ट इकोसिस्टम राम्रो बनाउनुपर्ने कुरामा जोड दिएका छन् । स्टार्टअप वर्ल्डकप नेपाल फाइनलको उद्घाटन गर्दै उद्योगमन्त्री दामोदर भण्डारीले सरकार स्टार्टअपलाई प्रोत्साहन गर्न एक कदम अघि बढिसकेको बताएका छन् ।

त्यसैगरी नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टार्टअप आजको आवश्यकता भएको र यसमा सरकारले विशेष सहयोग गर्नुपर्ने जनाएका छन् ।

यता उद्योग सचिव कृष्णबहादुर राउतले नेपालको विकासमा स्टार्टअपलाई साथ लिएर अघि बढ्न मन्त्रालय तयार रहेको बताएका छन् । यस्तै, अमेरिकी दुतावासका राजनीति तथा अर्थशास्त्र विभागका प्रमुख मार्क टेम्पलरले अमेरिकाले उद्यमशीलतामा धेरै सफलता हासिल गरेको र आफूहरूले नेपालमा पनि उद्यमशीलताको क्षेत्रमा सहयोग गरिरहेको उल्लेख गरेका छन् ।

काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले स्टार्टअप देश विकासका लागी अपरिहार्य रहेको बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: