Skip to content
LAXMI SUNRISE BANK

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

अर्थ सरोकार

काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न भएको छ। सभा जेठ ३१ गते बिहीबार ब्याङ्क्वेट, भाटभटेनी, टङ्गालमा सम्पन्न भएको हो। 

उक्त साधारणसभाले हाल कायम चुक्ता पुँजी २ अर्ब १० करोड बराबरको १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। हकप्रद सेयर जारीपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ।

नेपाल बीमा प्राधिकरणले असार मसान्तसम्म चुक्ता पुँजी अढाइ अर्ब पुर्‍याउन यसअघि नै निर्देशन दिइसकेको छ।

विशेष साधारण सभाले कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात बमोजिम सञ्चालक समिति गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ।

सभामा सेयरधनीहरुलाई कम्पनीको वित्तीय अवस्थाबारे जानकारी गराइएको थियो। कम्पनीले यो आर्थिक वर्ष जेठ २९ सम्म अर्ब ३६ करोड ७८ लाख बीमाशुल्क आर्जन गरेको छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK