×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालकै सबैभन्दा छिटो बलरको खोजीमा वर्ल्डलिंक, क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्य

GLOBAL IME BANK

नेपालकै सबैभन्दा छिटो बलरको खोजीमा वर्ल्डलिंक, क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्य

२ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसनले ‘बिट द स्पिड’ अभियानमार्फत नेपालको सबैभन्दा छिटो बलरको खोजी अभियान सुरु गरेको छ ।

‘बिट द स्पिड’ अभियान अन्तर्गत वैशाख २० गतेबाट नेपालभर १८ भन्दा बढी सहरहरूमा कार्यक्रमको आयोजना गरिएको थियो, जसमा २००० भन्दा बढी युवाहरूले आफ्नो बलिङ कौशल प्रदर्शन गरेका थिए।

पूर्व बिर्तामोड सहरबाट सुरु गरी दमक, इटहरी, विराटनगर, धरान, बर्दिबास, वीरगञ्ज, हेटौँडा, काठमाडौँ, चितवन, भैरहवा, लुम्बिनी, बुटवल, पोखरा, घोराही, नेपालगञ्ज, धनगढी तथा महेन्द्रनगरमा सम्पन्न भएको थियो।

यो अभियान क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) को सहयोगमा आयोजना गरिएको हो । नेपालका १८ सहरहरूमा युवाहरूको उत्साहजनक सहभागिता रहेको यस अभियानबाट उत्कृष्ट सात ‘Fastest Bowler’ हरू अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् ।

लुम्बिनीबाट १९ वर्षीय प्रदिप जैसवाल, हेटौँडाबाट १४ वर्षीय राहुल कुमार यादव, घोराहीबाट १७ वर्षीय आयुष ओली, काठमाडौँबाट २७ वर्षीय मिलन लुइँटेल, बुटवलबाट २१ वर्षीय सन्देश थापा, महेन्द्रनगरबाट १५ वर्षीय रबी दमाइ र धनगढीबाट १७ वर्षीय आयुष द्वारीया अन्तिम सात प्रतियोगिका रूपमा छानिएका छन्।

नेपाल ए टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र नेपाल ए टिमका बलिङ प्रशिक्षक कलाम आलीले नेतृत्व गरिरहेको यस प्रशिक्षण कार्यक्रममा योग, फिटनेस तथा बलिङ प्रविधिसहित क्रिकेटका विभिन्न पक्षहरूको बारेमा सिकाइने वर्ल्डलिंकले जनाएको छ। 

यस प्रशिक्षण कार्यक्रमको अन्त्यमा सातै सहभागीहरूको माझमा बलिङ स्पिड प्रतिस्पर्धा गराइने तथा त्यस प्रतिस्पर्धाको विजेतालाई भारतको चेन्नाई स्थित प्रतिष्ठित एमआरएफ पेस फाउन्डेसनमा थप प्रशिक्षणका लागि निःशुल्क पठाइने छ । यस प्रतिस्पर्धाको सम्पूर्ण गतिविधिहरू सहितको शृङ्खला वर्ल्डलिंक कम्युनिकेसनको फेसबुक पेज तथा युट्युब च्यानल मार्फत प्रसारण गरिनेछ । साथै, विजेता घोषणा समेत सोही भिडियो मार्फत गरिनेछ ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र सोमपाल कामी एम्बेसडर रहेको यस ‘बिट द स्पिड’ अभियानले नेपालभर रहेका प्रतिभाहरूको उत्थान तथा उनीहरूको कौशलतालाई उजागर गरी भविष्यमा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्य राखेको छ ।

वर्ल्डलिंक कम्युनिकेसनद्वारा आयोजित यस्ता अभियानहरूले नेपालमा युवा प्रतिभालाई प्रोत्साहित गर्नुका साथै युवा खेलाडीहरूलाई खेलकुद तथा अन्य क्षेत्रहरूमा आफ्नो सपना पूरा गर्ने प्रेरणा प्रदान गर्ने आशा व्यक्त गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: