काठमाडौँ । न्युरोडको फुटपाथ विवादमा सडक विभाव (सवि)को पत्र कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्युरोडको फुटपाथ विस्तारको काम रोक्ने गरी डिभिजन सडक कार्यालयले महानगरलाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
अदालतको अन्तरिम आदेशमा न्युरोडको उक्त सडक शहरी सडकमा पर्ने उल्लेख छ । आदेशमा शहरी सडक स्थानीय तह मातहतमा पर्ने भन्दै अदालतले फुटपाथ विस्तारको काम नरोक्न भनिएको छ ।
अदालतको यस्तो आदेशसँगै अब काठमाडौँ महानगरपालिकालाई न्युरोडको फुटपाथ विस्तार गर्न बाटो खुलेको छ । अदालतको यस्तो आदेशसँगै अब काठमाडौँ महानगरले अदालतको आदेशको सम्मान गर्दै आगामी काम अघि बढाउने जनाएको छ ।
यसअघि महानगरले न्युरोडको फुटपाथ विस्तारका लागि कालोपत्रेसमेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर फुटपाथ विस्तारको काम रोकेको थियो ।
फुटपाथ विस्तारका लागि प्रयोग भएका सामान जफत गर्नुका साथै कार्यालयले महानगरले काटेको कालोपत्रे पनि टालेको थियो । तर, अदालतको आदेशसँगै महानगरलाई अब फुटपाथ विस्तारको लागि बाटो खुलेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्