काठमाडौं। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बीमाको पहुँच विस्तारको लागि समृद्धि लघु जीवन बीमा योजना सार्वजनिक गरेको छ। कम्पनीले असार २० गते बिहीबार उक्त योजना सार्वजनिक गरेको हो।
आर्थिक सुरक्षा र सुरक्षणका लागि समृद्धि लघु जीवन बीमा योजनामा सरिक हुनका लागि प्रवेश उमेर न्यूनतम १८ वर्ष देखि अधिकतम ६० वर्ष सम्म रहेको छ। बीमा अवधि न्यूनतम ५ वर्ष देखि २० वर्ष सम्मको रहेको र बीमाङ्क रकम न्यूनतम १० हजार बाट नै बीमालेख लिन सकिने प्रावधान रहेको छ ।
न्यून बीमा शुल्क रकम, सर्वोत्तम बचत, भरपर्दो लगानी, आयकरमा छुट, आश्रितहरूका लागि भलाई, वृद्धावस्थाको सहारा, बालबच्चाको सुनिश्चित भविष्य, बीमा गर्दा नै भविष्यमा प्राप्त हुने रकमको सुनिश्चितता जस्ता विशेषतायुक्त यस योजनाले दूर दराजसम्म बीमा साक्षरता अभिवृद्धिमा अहम् भूमिका खेल्ने कम्पनीको विश्वास छ ।
बीमा शुल्क बापत न्यून रकम बुझाई बीमा लेख खरिद गर्दाको समयमा नै जीवनको सुरक्षणको सुनिश्चितता हुने । अधिकतम परिपक्व भुक्तानी, मृत्यु सुविधा, दुर्घटनाका कारण अशक्तता भएमा बीमा शुल्क छुट सुविधाको सुनिश्चितता हुने । आश्रित परिवार तथा बालबालिकालाई आर्थिक सङ्कटबाट बच्न तथा उच्च शिक्षा, विवाह, वर्तमान तथा अन्य समाजिक कार्य गर्न आर्थिक टेवा पुग्ने जस्ता कुराहरू यस योजनाको आकर्षणको रुपमा रहेका छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्