काठमाडौं । दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सहकारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा -१७ मा रहेको नेपाल ठकुरी संगम परिवार कास्कीको हलमा अभिभुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
सहकारीको बारेमा चेतना फैलाउन सहकारी अभिभुखिकरण कार्यक्रम गरेको उक्त सहकारीका अध्यक्ष राजाराम शाहीले जानकारी दिए ।
कार्यक्रमका प्रशिक्षक भेषराज बरालले सहकारीमा हरेकको आवश्यकता भएको बताउँदै कार्यक्रम अवधिभर सहकारीको अवधारणा सम्बन्धी कुराहरू जानकारी गराएका थिए । साथै, प्रशिक्षक बरालले सहकारीको सञ्चालक समिति, लेखा तथा सुपरीवेक्षण समिति, ऋण तथा लगानी समितिका काम, कर्तव्य तथा सहकारी ऐनका बारेमा प्रष्ट पारे ।
कार्यक्रममा नेपाल ठकुरी संगम परिवार कास्कीका अध्यक्ष शेर बहादुर उच्चै, नेपाल ठकुरी महिलाका अध्यक्ष सरस्वती हमाल, नेपाल ठकुरी भुपु परिवार कास्कीका अध्यक्ष फम सिंह, नेपाल ठकुरी युवा परिवार कास्कीका सचिव मोहन शाही, दर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति, लेखा तथा सुपरीवेक्षण समिति, ऋण तथा लगानी समिति लगायतको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्