×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आत्तिएका ५९ व्यवसायीले आफ्नो उद्योगको लाइन आफैँ काटे 

LAXMI SUNRISE BANK
GLOBAL

आत्तिएका ५९ व्यवसायीले आफ्नो उद्योगको लाइन आफैँ काटे 

३१ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ५९ उद्योगले आफ्नो उद्योगको लाइन आफैँ काटेका छन् । नेपाल विद्युत प्राधिकरण र उद्योगीबीचको डेडिकेटेड तथा ट्रंक लाइन विवादमा प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको धमाधम लाइन काट्न थालेपछी आत्तिएर अन्य ५९ उद्योगीले आफ्नो उद्योगको लाइन आफैँ काटेका हुन् । 

यद्यपि उद्योगीहरुले यसअघि प्राधिकरणले २५ र २६ गते लाइन काटेका उद्योगमा लाइन नजोडेपछि सबै उद्योगले विरोधस्वरुप आफैँ लाइन काटेको बताएका छन् । 

आइतबार विज्ञप्ति नै जारी गरेर उद्योगीहरुले सबै उद्योगको लाइन स्वतःस्फूर्त रुपमा काटेको जानकारी गराएका छन् । उनीहरुले विद्युत महसुल विवादमा प्राधिकरणले उद्योगको लाइन काटेर, लाइन नजोडेर उद्योगीलाई तर्साउने काम गरेको आरोप लगाएका छन् । 

तर, प्राधिकरणले लाल आयोगको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार नै २०७२ माघदेखि २०७५ बैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापतको बक्यौता र २५ प्रतिशत जरिवाना तिर्न पटकपटक आग्रह गर्दा पनि उद्योगले अटेर गरेपछि लाइन काटेको बताउँदै आएको छ । 

यता उद्योगीहरुले भने प्राधिकरणले तिर्नुनपर्ने बक्यौता देखाएर अनावश्यक बखेडा झिकेको भन्दै प्रमाणसहित बिल जारी गरे महसुल तिर्ने र विवाद समाधान नभएसम्म कुनै पनि उद्योगले लाइन नजोड्ने बताएका छन् । यसअघि प्राधिकरणले २५ र २६ गते बक्यौता तिर्न अटेर गरेको भन्दै रिलायन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक, हुलास स्टिल लगायको बिजुली लाइन काटेको थियो । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी