काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कन्चन हरैया लायन्स आँखा हस्पिटललाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आँखा हस्पिटललाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको हो ।
बैंकका गरगरे शाखा प्रमुख बाबुराम रेग्मिले लायन्स आँखा हस्पिटलको निवर्तमान अध्यक्ष गणेश आचार्यलाई हस्तान्तरण गरेका हुन् ।
कन्चन हरैया लायन्स आँखा हस्पिटलको निवर्तमान अध्यक्ष गणेश आचार्यले समाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको कार्यक्रममा हस्तान्तरण गरिएको वाटर डिस्पेन्सर अति आधारभुत आवश्यकता रहेको साथै हस्पिटल आउने आम बिरामीले प्रत्यक्ष सेवा लिन पाउने भएकोले बैंकलाई धन्यबाद दिए।
उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु तथा अस्पतालका महानुभावहरुको उपस्थिती रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्