×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सम्पन्न

९ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ ले आफ्नो करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ । जेष्ठ १ देखि असार ३१ गते सम्म रहेको ६३ दिने अफरमा १० लाख भन्दा बढी प्रयोगकर्ता सहभागी भएको खल्तीले जनाएको छ ।

यस अफर अन्तर्गत ५ विजेताले पल्सर एनएस २०० एफआइ एबिएस बाइक, एक जनाले आइफोन-१५, ९ जना भन्दा बढिले स्मार्टफोन, १ जनाले गेमिङ ल्यापटप साथै हरेक दिन १ जना विजेताले वासिन्ङ मसिन, स्मार्ट टिभी, स्मार्टफोन, स्मार्ट घडीहरू, एयर बढहरू, माउन्टेन फ्लाइट देखि इन्टरनेट प्याकेज जस्ता सयौँ उपहारहरू जितेका थिए ।

उक्त जात्रामा भित्रिएको ‘सेयर अ कोड’ मा सहभागीहरूले आफ्नै प्रोमोकोड बनाई आफ्नो सञ्जालमा सेयर गरेको कम्पनीले जनाएको छ । छ लाख भन्दा बढी कुपन बनाएर सेयर गर्दै प्रयोगकर्ताहरू स्वयम् खल्ती इन्फ्लुन्सर बनेका थिए भने साथीभाइहरूले सो प्रोमोकोड प्रयोग गरी अफर र क्यासब्याकको लाभ लिन सफल भएका थिए ।

करोडौँ डिजिटल खुत्रुके फुटाइए भने खल्तीले खुत्रुके मार्फत करोडौँ बराबरका उपहारहरू प्रदान गरेको थियो । यसका साथै खल्तीबाट गरिने हरेक भुक्तानीमा स्क्र्याच कार्ड उपलब्ध थियो जस मार्फत प्रयोगकर्ताले १ करोड भन्दा बढीको स्क्र्याच कार्डहरू पाएका थिए ।

अफर अवधिभर विजेता छनोट प्रक्रियालाई पारदर्शी बनाउँदै खल्तीले आफ्नो फेसबुक लाइभ मार्फत पाँच वटा पल्सर बाइकका विजेताहरू घोषणा गरेको थियो । ब्रह्म देव महतो (राउन्ड १), प्रशना श्रेष्ठ (राउन्ड २), स्वाभिमान जनरल स्टोर्स (राउन्ड ३), सुन्दर कुमार जोशी (राउन्ड ४) र थापा किराना पसल (बोनस राउन्ड) मा विजेता भएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी