काठमाडौं। लक्ष्मी सनराइज बैंकले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।
काठमाडौं जिल्लाको बौद्धमा रहेका २ शाखा मध्ये गोकर्णेश्वर नगरपालिका वडा न.६ स्थित शाखा कागेश्वरी मनोहरा नगरपालिका वडा न.५ को थलीमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको बौद्ध शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको बौद्ध पिपलबोटको शाखा (हालको स्थान बाट ४०० मिटर) मार्फत सेवा लिन सक्नेछन् ।
स्थानान्तरण भए सँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्नेछ ।
हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३१६ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्