×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउनमा मासुको मूल्य ह्वात्तै घट्यो, ब्रोइलर ८० रुपैयाँले सस्तियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

साउनमा मासुको मूल्य ह्वात्तै घट्यो, ब्रोइलर ८० रुपैयाँले सस्तियो

Artha Sarokar

८ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साउन लागेसँगै कुखुराको मासुको मूल्य ह्वात्तै घटेको छ । साउनमा मासुको खपत घटेपछि ब्रोइलर कुखुराको मासुको मूल्य किलोमै ८० रुपैयाँले घटेको हो । 

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी महासंघका अनुसार असारमा प्रतिकिलो ४ सय २० रुपैयाँ रहेको ब्रोइलर कुखुराको मूल्य साउन लागेसँगै प्रतिकिलो ३ सय ४० रुपैयाँमा झरेको छ । 

हाल बजारमा अन्य महिनाको तुलनामा ५० देखि ६० प्रतिशत मात्रै कुखुराको मासु खपत भएको छ । कुखुराको मासुको खपत ह्वात्तै घटेपछि कुखुराको मासुको मूल्य घटाउनुपरेको व्यवसायीहरुले बताएका छन् । 

हाल कुखुराको तयारी मासुसँगै जिउँदो कुखुराको मूल्य पनि घटेको छ । यसअघिसम्म जिउँदो ब्रोइलर कुखुरा प्रतिकिलो २ सय ६० रुपैयाँमा पाइने गरेको थियो भने हाल जिउँदो कुखुराको मूल्य प्रतिकिलो २ सय ५० रुपैयाँ रहेको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी