काठमाडौँ । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम)ले आफ्नो सदस्य संस्था होटल अलफ्टमा मेम्बर लर्निङ सिरिज सम्पन्न गरेको छ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनको उपस्थितमा आइतबार साँझ होटल अलफ्टमा सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा राजदूत थम्पसनले अमेरिकी लगानीमा रहेका नेपाली कम्पनीहरूलाई आफूहरूको सदैव साथ र सहयोग रहने उल्लेख गरेका छन् । ‘तपाईंहरूले नेपालमा राम्रो काम गरिरहनुभएको छ । एमच्याम जस्तो संस्थाले नेपालमा कर्पोरेट संस्कृति स्थापनामा भूमिका निर्वाह गरेकोमा मलाई खुसी लागेको छु,’ राजदूत थम्पसनले भने।
काठमाडौँ पर्यटकीय क्षेत्र ठमेलमा अवस्थित होटल अलफ्टले स्वदेश तथा विदेशी पर्यटकलाई विभिन्न सुविधा उपलब्ध गराइरहेको छ । आधुनिक प्रविधिले सुसज्जित होटल छाया देवी कम्प्लेक्समा अवस्थित छ । उक्त कम्प्लेक्समा दुई सयभन्दा बढी खुद्रा पसल, सिनेमा हल, सैलुन, स्पा, रेस्टुराँ, नाइटक्लब, क्यासिनोका साथै तीन सय ५० भन्दा बढी सवारी पार्किङको सुविधा छ ।
त्यस्तै, होटलमा कूल १ सय ६७ वटा रुम छन् । जसमा ८८ वटा लफ्ट किङ्स रुम, ४२ वटा लफ्ट ट्विन्स रुम, २ वटा एक्सिसेबल रुम, २२ वटा अर्बन रुम, सात वटा सेभी स्वीट रुम र छ वटा ब्रिजी स्वीट रुम छन् । होटलले पाहुनालाई क्लब लाउन्जसम्मको पहुँच, अन्तर्राष्ट्रिय विमानस्थल सम्मको सुविधा, दैनिक डिलक्स नास्ता र विशेष क्लब लाउन्जमा ह्यापी आवर, उच्च गतिको वाइफाइलगायतका सुविधा समेत उपलब्ध गराउँदै आएको छ ।
होटलमा विभिन्न कार्यक्रम गर्नका लागि आवश्यकता अनुसारका हल पनि उपलब्ध छन् । होटलमा १६ सय ४५ वर्ग फिट क्षेत्रफलमा फैलिएको ट्याक्टिक हल छ । जसलाई दुई फरक ठाउँमा विभाजित गर्न सकिन्छ । आठ हजार सात सय वर्ग फिटमा फैलिएको ठूलो सभाहल पनि छ । जसमा पाँच हजार एक सय ७५ वर्ग फिटमा सभाहल, एक हजार आठ सय वर्गफिटमा प्रि-फंक्शन र एक हजार आठ सय वर्गफिटमा फैलिएको बाहिरी बार क्षेत्र पनि छ । होटलमा आठ हजार सात सय वर्ग फिटमा फैलिएको बैठक पनि छ । होटलमा वैवाहिक समारोह सञ्चालनका लागि पनि ठूलो सभाहल छ ।
उक्त अवसरमा अमेरिकी चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम)का महाप्रबन्धक अमीर राज थापाले यस मेम्बर लर्निङ कार्यक्रमले सदस्यहरूका बीचमा अमेरिकी कार्य संस्कृतिको ‘क्रस पोलिनेसन’ गर्ने बताएका छन् । ‘एमच्यामको यस प्रकारको कार्यक्रमले हाम्रा सदस्य कम्पनीमार्फत नेपालमा अमेरिकी कार्य संस्कृति कस्तो छ भन्ने उदाहरण पेस गर्नेमा हाम्रो विश्वास छु,’ उनले भने।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्