काठमाडौँ । मुक्तिनाथ क्यापिटल र यात्री सुइटस एण्ड स्पाबीच सम्झौता भएको छ । उक्त कम्पनीबीच ‘संस्थागत परामर्श’ सेवा उपलब्ध गराउने बारे सम्झौता भएको हो ।
यात्री सुइट्सले वित्तिय परामर्श र व्यवस्थापन सेवाको लागि मुक्तिनाथ क्यापिटललाई संस्थागत परामर्शदाता नियुक्त गर्न सम्झौता गरेको छ । सो सम्झौतापत्रमा यात्री सुइट्सको तर्फबाट कम्पनीका अध्यक्ष च्यूङ गुरुङ तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट कार्यकारी प्रमुख अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
ठमेल अवस्थित यस होटलको पूँजी संरचना परिवर्तन, लिमिटेड कम्पनीमा रूपान्तरण, आवश्यक श्रोतको व्यवस्थापन, व्यवसायिक योजना, होटलको बजारीकरण लगायत सर्वसाधारणलाई शेयर निष्कासन गर्ने कार्यको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडले परामर्शदाताको रूपमा सेवा प्रदान गर्नेछ ।
नेपालको राजधानी काठमाडौँको मुख्य पर्यटकीय स्थल ठमेलमा स्थापित एवं सञ्चालित यस होटल निकट भविष्यमा नै ४ तारे होटलमा रूपान्तरण हुने समेत कम्पनीले जनाएको छ । २.५ रोपनी क्षेत्रफल भएको आफ्नै जग्गामा सञ्चालित यस होटलमा सुविधा सम्पन्न ९९ कोठा, ३ रेष्टुरेन्ट, १ स्पा र ८ सेमिनार हलहरू रहेका छन । होटलले निकट भविष्यमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न ४ तारे होटलको रुपमा रूपान्तरण गरी गुणस्तरीय सेवा सुविधा प्रदान गरिने जनाएको छ ।
आर्थिक वर्ष २०८१-०८२ मा वर्ष होटलले थप ४८ वटा सुविधा सम्पन्न कोठाहरू थप गरी १ सय ४७ वटा पुर्याउनुका साथै रोफ टफ स्विमिङ पुल, जिम क्लब लगायत लाउन्ज बारसमते सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीका अध्यक्षले जानकारी गराएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्