काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेशनल अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्ताहरूलाई नेपालगन्जको सोल्टी वेस्टेण्ड होटल र महेन्द्रनगरको ओपेरा होटलमा छुट्टा छुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा प्रबन्धक विवेक शर्माले उपस्थित अभिकर्ताहरूलाई आ–आफ्नो लक्ष्य पुरा गर्ने अन्तिम अवसर भएको हुँदा यस समयमा टिम लिडर अभिकर्ताहरू विशेष चनाखो भई आफ्नो र आफ्नो मातहतको अभिकर्ताहरूको लक्ष्य प्राप्तिमा विशेष जोड दिनुपर्ने बताए ।
समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अङ्कित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गर्दै प्रमुख कार्यकारी अधिकृतले नेपालको बीमा बजारमा बिमितहरूलाई सबैभन्दा बढि बोनस प्रदान गर्दै आएको यस कम्पनीले पुनः आफ्नो बोनस दरलाई सबैजनाको प्रयासबाट यथावत राख्न सफल भएकोमा अभिकर्ता समूहलाई विशेष धन्यवाद व्यक्त गरे ।

उनले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरूलाई प्रदेश स्तरीय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार नेपालगञ्जमा लुम्बिनी र कर्णाली प्रदेशका अभिकर्ताहरूलाई र महेन्द्रनगरमा सुदूर पश्चिम प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएको बताएका थिए । त्यस्तै, उनले यस भन्दा अगाडि इटहरीमा कोशी र मधेश प्रदेशका अभिकर्ताहरूलाई र काठमाडौंमा बागमती प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिसकेको र अन्य बाँकी अभिकर्ताहरूलाई पनि छिट्टै नै सम्मान गरिने जानकारी गराए ।
नेपालगञ्ज र महेन्द्रनगरमा सम्पन्न छुट्टा छुट्टै कार्यक्रममा, प्रमुख कार्यकारी अधिकृतसहित प्रबन्धक विवेक शर्मा, विभागीय प्रमुख सुस्मिता राणा लगायत नेपालगञ्जमा सम्पन्न कार्यक्रममा कम्पनीका कर्णाली प्रदेश प्रमुख दीप नारायण खनाल तथा लुम्बिनी र कर्णाली प्रदेशमा रहेका शाखाहरूका शाखा प्रमुखहरूको पनि सहभागिता रहेको थियो भने महेन्द्रनगरमा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख उमाकान्त जोशी लगायत उक्त प्रदेशमा रहेका शाखाहरूका शाखा प्रमुखहरूको समेत उपस्थित रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्