काठमाडौं । एनसेलले हाल संचालनमा रहेको आफ्नो ‘सधैं अन’ योजनामा आधारित भई वायरफ्री प्लस सेवामा आकर्षक अफर ल्याएको छ । यससँगै अब उपभोक्ताले भारी छुटमा बन्डल सेवाका साथै निःशुल्क अल्टिमाको एयरबड र स्मार्टवाच पाउने भएका छन् ।
वायरफ्री प्लस नवीन प्रविधिमा आधारित वायरलेस इन्टरनेट हो र यसमार्फत ग्राहकले बिना कुनै झन्झट अनलिमिटेड इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको फाइदा लिन सक्नेछन् । विशेष गरी घरेलु प्रयोजनका लागि उपयुक्त हुने यो सेवा ग्राहकले दराज, इसेवा, खल्ति, आइएमई पेको प्लेटफर्महरुमार्फत लिन सक्नेछन्। यसैगरी यो अफरमा सहकार्य गरेको अल्टिमा ब्रान्डको वेबसाइटबाट पनि ग्राहकले सेवाका लागि सदस्यता लिन सक्नेछन् ।
यो अफर अन्तर्गत ग्राहकहरुले वायरफ्री सेवाका लागि अर्ध वार्षिक सदस्यता लिँदा ३५ प्रतिशत (रु २,०९५) र वार्षिक सदस्यतामा ४२ प्रतिशत (रु ४,९८९) छुट पनि पाउनेछन् । ६ महिनाका लागि सेवा लिँदा ग्राहकले रु ३,४९९ पर्ने अल्टिमाको एयरबड निःशुल्क पाउनेछन् भने एक वर्षको सेवा खरिदमा रु ५,९९९ मुल्य पर्ने अल्टिमाको स्मार्टवाच निःशुल्क पाउनेछन् ।
सेवाका लागि अर्ध वार्षिक सदस्यताको शुल्क कर सहित रु ३,८९९ तोकिएको छ भने वार्षिक सदस्यताको शुल्क रु ६,९९९ रहेको छ । यी दुवै प्लान लिँदा ग्राहकले एनसेलको फोरजी राउटर पनि नि:शुल्क पाउनेछन् ।
यो योजनामा ग्राहकले २ वटा सिमकार्ड पाउनेछन् । ग्राहकहरुले मुख्य एक सिममा प्रत्येक महिना २५० जीबी डेटा पाउनेछन् र यो डेटा भोल्युम सकिएमा ५१२ एमबीपीएस गतिमा अनलिमिटेड इन्टरनेट सेवा महिना भरी लिन सक्नेछन् । अर्को दोस्रो सिममा ग्राहकले प्रत्येक महिना १०० मिनेट टक टाइम र ५ जीबी पाउनेछन् ।
ग्राहकले पाउने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुन्छन् । ३० दिनको समयावधि भित्र प्रयोग गरि नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन ।
सधैं अन योजना अन्तर्गत सुलभ दरमा पाइने यो वायरलेस इन्टरनेट सेवाले धेरै भन्दा धेरै मानिसलाई इन्टरनेटको पहुँचमा ल्याउने र ग्राहकहरुलाई कनेक्टिभिटीले प्रदान गर्ने अवसरहरुसँग जोड्ने विश्वास एनसेलले लिएको छ । एनसेलले विगत ४ वर्षदेखि यो सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्