×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ इन्स्योरेन्सको २३औँ र २४औँ वार्षिक साधारणसभा सम्पन्न

GLOBAL IME BANK
SHREE KESH

नेपाल लाइफ इन्स्योरेन्सको २३औँ र २४औँ वार्षिक साधारणसभा सम्पन्न

१९ असार २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं।  नेपाल लाइफ इन्स्योरेन्सको २३औं र २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा वीरगञ्जमा सभा सम्पन्न भएको हो।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष २०७८/०७९ र आर्थिक वर्ष २०७९।०८० को वार्षिक कार्यप्रगति प्रतिवेदन छलफल गरी पारित गरिएको छ।

लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/०७९ र आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफा नोक्सान र नगद प्रवाह लगायतका वित्तीय विवरणहरूउपर छलफल गरी स्वीकृत गरिएको छ।

त्यसैगरी आर्थिक वर्ष २०७९/०८० का लागि लेखापरीक्षक एसएआर एशोसिएट्सलाई गरिएको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गरिएको छ । सभाले आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ।

साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को वितरण योग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम रहेको चुक्ता पुँजीको २१.०५ प्रतिशत (कर प्रयोजनसहित) का दरले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

साधारणसभाले सञ्चालक समितिमा संस्थापक समूह (क) का सेयरधनीहरूबाट ३ जना सञ्चालक, सर्वसाधारण समूह (ख) का सेयरधनीहरूका तर्फबाट ३ जना सञ्चालक तथा १ जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधन प्रस्ताव पारित गरेको छ ।

कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले सेयरधनीहरूका सुझाव अवलम्बन गर्न सदैव तयार रहेको कुरा बताए ।

प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले आव २०७८/०७९ र आव २०७९/०८० मा हासिल उपलब्धि र भावी योजनाबारे बताएका थिए। कम्पनीले आव २०७८/०७९ मा नेपालको समग्र जीवन बीमा बजारको २५.५९ प्रतिशत र आव २०७९.०८० मा २६.०६ प्रतिशत बजार हिस्सा ओगटेको छ।

२०८१ जेठ मसान्तसम्म कम्पनीको लगानी रु. २ खर्ब ५४ करोड रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १ खर्ब ८९ अर्ब १८ करोड रुपैयाँ र सेयरधनी कोष ११ अर्ब ६६ करोडभन्दा बढी रहेको छ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: