×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबिआई बैंकद्वारा कञ्चनपुर भन्सार कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर संचालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल एसबिआई बैंकद्वारा कञ्चनपुर भन्सार कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर संचालन

Artha Sarokar

३ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टरको उद्धघाटन गरेको छ ।

उक्त एक्सटेन्सन काउन्टरको उद्धघाटन नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे र कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजन बाबु काफ्लेले संयुक्त रूपमा गरेका थिए ।

साथै, नेपाल एसबिआई बैंकले आफ्नो भीमदत्त नगरपालिका-५, महेन्द्रनगर, कञ्चनपुर क्याम्पस रोडमा अवस्थित महेन्द्रनगर शाखा सोही नगरपालिकाको वडा नम्बर ४ स्थित ४ नम्बर गल्लीमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा शुभारम्भ गरेको छ ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी