काठमाडौँ । एनआईसी एशिया क्यापिटलले आफ्नो लगानी व्यवस्थापन सेवा अन्तर्गत ‘मेरो लगानी, मेरो भविष्य’ नारा सहित विभिन्न ग्राहकमुखी योजना संचालन गर्दै आइरहेको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवालाई अझ परिस्कृत र ग्राहकमुखी बनाउने मुख्य उद्देश्यका साथ नयाँ आर्थिक वर्ष २०८१/८२ लाई लक्षित गरी लगानी व्यवस्थापन सेवा अन्तर्गत ‘फाइदा या फिर्ता’ अफर सार्वजनिक गरेको छ ।
उक्त अफर अन्तर्गत लगानी व्यवस्थापन सेवा लिने ग्राहकहरुले सेवा लिँदा क्यापिटललाई बुझाउनु पर्ने सेवा शुल्क सम्बन्धित लगानी व्यवस्थापन सेवा लिने ग्राहकको पोर्टफोलियो आर्थिक वर्षको अन्त्यमा बृद्धि गराउन नसकेको अवस्थामा लगानी व्यवस्थापन सेवा शुल्क बापत लिएको सम्पूर्ण रकम सम्बन्धित ग्राहकलाई नै फिर्ता भुक्तानी गरिने क्यापिटलले जनाएको छ ।
‘फाइदा या फिर्ता’ अन्तर्गत्का प्रमुख विशेषताहरू :
– न्यूनतम लगानी: रु.१० लाख
– अवधि: ३ वर्ष
– वार्षिक सेवा शुल्क: १.५ प्रतिशत (नेगोटिबल)
– पर्फर्मेन्स शुल्क: १० प्रतिशत
– अन्त्य शुल्क: ० प्रतिशत
– सर्त: सम्झौता अनुसारको समय अवधि भन्दा पहिला एक्जिट भएको अवस्थामा प्राप्त सेवा शुल्क फिर्ता भुक्तानी गरिने छैन ।
उक्त योजना सम्बन्धी थप जानकारीको लागि क्यापिटलको आधिकारिक मोबाइल नं. ९८५१२७३१४९ वा इमेल ठेगाना [email protected] मा सोझै सम्पर्क गर्न सकिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्