Skip to content
LAXMI SUNRISE BANK

एनएमबि बैंकले ८.९९ प्रतिशत ब्याजदरमा ईभी अटो लोन दिने

अर्थ सरोकार

काठमाडौंएनएमबि बैंक लिमिटेडले ८.९९ प्रतिशत निश्चित ब्याजदरमा ईभी अटो लोन दिने भएको छ । बैंकले ७ वर्षको अवधिका लागि मात्र उक्त लोन उपलब्ध गराउने भएको हो । 

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विद्युतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गराएको जनाएको छ । 

ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरि दिगो भविस्य तर्फ योगदान दिन सक्नेछन् । लचिलो भुक्तानी विकल्पहरू र द्रुत स्वीकृति प्रक्रियाहरू सहित, ग्राहकहरूले सजिलै एनएमबि सुलभ अटो लोन लिन सक्नेछन् ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK