Skip to content
LAXMI SUNRISE BANK

विमान दुर्घटना अपडेटः सौर्य एयरलाइन्सका क्याप्टेनको उद्धार, उपचारका लागि अस्पताल लगियो 

अर्थ सरोकार

काठमाडौँ । बुधबार दुर्घटना भएको सौर्य एयरको जहाजका क्याप्टेनलाई उपचारका लागि केएमसी अस्पताल लगिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको जहाजका क्याप्टेन ३७ वर्षीय  मनीष शाक्यलाई उद्धार गरी उपचारका लागि केएमसी अस्पताल लगिएको हो । 

बुधबार बिहान करिब ११ बजे काठमाडौँबाट पोखराका जान लागेको सौर्य एयरलाइन्सको ९ एन–एएमई/सीआरजे २०० कलसाइनको जहाज दुर्घटना भएको थियो ।

जहाजमा चालक दलका सदस्यसहित १९ जना रहेको बताइएको छ । हाल विमानस्थलका ‘फायरफाइटर’हरुले जहाजको लागेको आगो निभाउने र यात्रुको उद्धार गर्ने प्रयास गरिरहेका छन् । 

विमान दुर्घटनाबारे थप विवरण भने आउन बाँकी छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK