काठमाडौँ । बुधबार दुर्घटना भएको सौर्य एयरको जहाजका क्याप्टेनलाई उपचारका लागि केएमसी अस्पताल लगिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको जहाजका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरी उपचारका लागि केएमसी अस्पताल लगिएको हो ।
बुधबार बिहान करिब ११ बजे काठमाडौँबाट पोखराका जान लागेको सौर्य एयरलाइन्सको ९ एन–एएमई/सीआरजे २०० कलसाइनको जहाज दुर्घटना भएको थियो ।
जहाजमा चालक दलका सदस्यसहित १९ जना रहेको बताइएको छ । हाल विमानस्थलका ‘फायरफाइटर’हरुले जहाजको लागेको आगो निभाउने र यात्रुको उद्धार गर्ने प्रयास गरिरहेका छन् ।
विमान दुर्घटनाबारे थप विवरण भने आउन बाँकी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्