×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाज… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL

दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाज… (फोटो-कथा)

९ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकै सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।

बुधबार बिहान करिब ११ बजे काठमाडौँबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको ९ एन–एएमई/सीआरजे २०० कलसाइनको जहाज दुर्घटना भएको हो ।

दुर्घटनामा परेको सौर्यको जहाजमा चालक दलका यात्रुसहित १९ जना सवार रहेका थिए । जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो ।

हालसम्म जहाज दुर्घटनामा परेर ज्यान गुमाएका १३ जनाको शव निकालिएको छ भने जहाजका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरी उपचारका लागि केएमसी अस्पताल लगिएको छ ।

जहाजमा सवार सबै यात्रु सौर्य एयरलाइन्सका कर्मचारी रहेको प्रहरीले जनाएको छ । उक्त जहाज मर्मतका लागि पोखरा लगिँदै थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी