×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सौर्य एयरलाइन्सको विमान दुर्घटना अपडेटः १९ मध्ये १८ जनाको मृत्यु, १ जनाको जीवितै उद्धार, अवस्था गम्भीर ! 

LAXMI SUNRISE BANK
GLOBAL

सौर्य एयरलाइन्सको विमान दुर्घटना अपडेटः १९ मध्ये १८ जनाको मृत्यु, १ जनाको जीवितै उद्धार, अवस्था गम्भीर ! 

९ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजमा सवार १८ जनाको मृत्यु पुष्टि भएको छ । उद्धारमा खटिएका सुरक्षाकर्मीले विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

विमानमा सवार थप १ जनाको भने जीवितै उद्धार गरिएको छ । उद्धार गरिएका जहाजका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यको केएमसी अस्पतालमा उपचार भइरहेको छ । 

बुधबार बिहान करिब ११ बजे काठमाडौँबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज दुर्घटना भएको हो । 

दुर्घटनामा परेको सौर्यको जहाजमा चालक दलका यात्रुसहित १९ जना सवार रहेका थिए । जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी