काठमाडौं। प्रभु इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। इन्स्योरेन्सले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८३ लाख ५० हजार १ सय ३५.४४ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो।
हकप्रद शेयर निष्काशनका लागि इन्स्योरेन्सले एनआइसी एशिया क्यापिटललाई नियुक्त गरेको छ। नियुक्ति सम्बन्धि सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र एनआइसी एशिया क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका हुन् ।
हाल इन्स्योरेन्स कम्पनीले ६० भन्दा बढी शाखा तथा उप-शाखा कार्यालयबाट निर्जीवन बीमा व्यवसाय गर्दै आई रहेको छ ।
एनआईसी एशिया क्यापिटलले विगत लामो समय देखि ‘आइडिया टु आइपीओ’ सेवा संचालन गर्दै आइरहेका छ । उक्त सेवा अन्तर्गत प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण सेयर निष्काशन गर्ने सम्मको कार्य गरिदिने तथा हकप्रद सेयर निष्काशन गर्न चाहने कम्पनीहरुलाई हकप्रद सेयर निष्काशन सम्बन्धमा आवश्यक परामर्श सेवा संचालन गरिरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्