काठमाडौँ । सहकारीको ऋण असुलीमा सहजीकरण गर्न मन्त्रालय र भूमि व्यवस्था विभागसँग महासंघको छलफल भएको छ । राष्ट्रिय सहकारी महासंघले सहकारीको ऋण असुलीमा सहजीकरण गर्ने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटा लगायत भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृतसँग छलफल गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारी सङ्घसंस्थाको कर्जा असुली प्रक्रियालाई कानुनी रुपमा सहजीकरण गर्न मन्त्रालयले गृहकार्य गरिरहेको बताएका छन् । उनले सहकारी सङ्घसंस्थाको कर्जा असुलीलाई सहजीकरण गर्नका लागि सहकारी ऐनमा व्यवस्था भए अनुसार छिट्टै कर्जा असुली न्याधिकरण गठन र कर्जा सूचना केन्द्रमा आवद्ध गराउनका लागि तयारी भइरहेको बताएका हुन् ।
महासङ्घका अध्यक्ष ओमदेवी मल्लले सहकारी ऐनमा सहकारी संस्थाले अचल सम्पत्ति खरीद गर्दा आय टिकट दस्तुर वा रजिष्ट्रेशन दस्तुर नलाग्ने उल्लेख गरेको भए पछि सबै प्रदेशमा लागु नभएको, धितो लिलाम बिक्री गर्दा कसैले सकार नगरेपछि संथाले सकार गर्न सक्ने व्यवस्था भएपनि त्यसका लागि झन्झट भएकाले सहजीकरण गर्नुपर्ने, कार्यक्षेत्रभित्रको सदस्यको कार्यक्षेत्र बाहिरको धितो राख्न सहजीकरण गरी सम्पूर्ण मालपोत कार्यालयलाई परिपत्र गरिदिनुपर्ने, ऋण असुल गर्नका लागि संस्थाले कुनै सदस्यको खाता, जायजेथा स्वामित्व हस्तान्तरण नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाएमा रोक्का राखी दिनुपर्ने लगायतका विषय प्रस्तुत गरेकी छिन् ।
भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक सापकोटाले ऐन नियम अनुसार सहजीकरण गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । उनले प्रदेशका कार्यक्षेत्रभित्रका विषयमा प्रदेशसँग नै बहस पैरवी गर्नुपर्नेसमेत जनाएका छन् ।
सो छलफलमा राष्ट्रिय सहकारी महासङ्घका निवर्तमान अध्यक्ष मीनराज कडेल, उपाध्यक्ष डिबी बस्नेत, सञ्चालक काशीराज बराल, सुमन नेपाल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासङ्घका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बा, राष्ट्रिय सहकारी बैंकका सिइओ बद्री गुरागाईं, भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजार काठमाडौंका प्रमुख मालपोत अधिकृत जीवन सेढाईं, छविलाल नेपाली, भूमि सुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरका प्रमुख मालपोत अधिकृत जीवन सेढाई लगायतको उपस्थिति थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्