×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सको बनेपा शाखाले मनायो दोश्रो वार्षिकोत्सव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

समृद्धि फाइनान्सको बनेपा शाखाले मनायो दोश्रो वार्षिकोत्सव

Artha Sarokar

१० श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड बनेपा शाखा कार्यालयले दोश्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले साउन ९ गते एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा फाइनान्सका कार्यकारी निर्देशक टिका निधि लोहोनीले उपस्थित महानुभावलाई समृद्धि फाइनान्समा गरेको विश्वास र साथको लागि धन्यवाद दिएका थिए । साथै, आगामी दिनहरुमा पनि फाइनान्सले उच्च साथ र सहयोगको अपेक्षा राखेको बताए ।

फाइनान्सले स्थानीय व्यापारीहरु, बचतकर्ताहरु ,बुद्विजिवि आदिको उपस्थितिमा सम्पन्न गरेको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले आ-आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए ।

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोबार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु नि:शुल्क प्रदान गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी