काठमाडौं। नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि नयाँ समिति गठन भएको छ। बोर्ड अध्यक्ष नियुक्तिको पुरानो प्रक्रिया रद्द भएपछि सरकारले सोही कामका लागि नयाँ समिति गठन गरेको हो । समिति नयाँ गठन भएपनि सदस्य पुरानै रहेका छन्।
मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी पदेन सदस्य छन् भने अर्का सदस्यमा व्यवस्थापनका प्राध्यापक उदय निरौला पुनः नियुक्त भएका छन् ।
सर्टलिस्टमा परेका तीन जना अन्तर्वार्तामा अनुपस्थित भएपछि यसअघिको सिफारिस समितिले अध्यक्ष छनोट प्रक्रिया नै रद्द गरेको थियो ।
यसअघि आफ्ना मान्छे अध्यक्ष नबन्ने भएपछि बोर्ड अध्यक्षको ठेक्का लिएका दलालका कारण प्रक्रिया नै रद्ध भएको थियो । यसपटक पनि एउटा दलालको मान्छे बोर्डमा पुग्दा फेरि अर्को दलालले प्रक्रिया बिगार्ने हो कि भन्ने चिन्ता बढेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्