Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच सम्झौता

अर्थ सरोकार

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणाली मार्फत धितो बन्धक रोक्का/रोक्का फुकुवा गर्ने सम्बन्धी समझदारी भएको छ । 

सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र भूमि व्यवस्थापन तथा अभिलेख विभागको तर्फबाट विभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटाले हस्ताक्षर गरेका हुन् । 

नेपाल सरकारले आफू मातहतका निकायहरूलाई डिजिटलाइजेसन गर्ने क्रममा लग्दै गएको र सो अन्तर्गत नै अनलाइन मार्फत रोक्का/रोक्का फुकुवा गर्दा मालपोत कार्यालयमा धेरै भिडभाड नहुने र सेवाग्राहीले पनि सहज तथा सरल तरिकाले सेवा उपभोग गर्न पाउने विश्वास लिएको विभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटाको भनाई छ । 

त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अनलाइन प्रणाली मार्फत रोक्का/रोक्का फुकुवा गर्दा बैंक तथा वित्तीय संस्थाहरूलाई पनि सहज तथा सरल हुने र वर्तमान समयमा देखिएको किर्ते रोक्का तथा किर्ते जग्गाधनी पुर्जाको कारोबारबाट बैंकलाई सुरक्षित राख्न सक्ने तथा सेवाग्राहीलाई पनि अनावश्यक झन्झटबाट मुक्ति मिल्ने विश्वास लिएको बताए । 

सो कार्यक्रममा बैंकका तर्फबाट कर्जा प्रशासन विभाग, मार्केटिङ विभागको समेत उपस्थिति रहेको थियो भने विभागका तर्फबाट कर्मचारी प्रशासन शाखाका निर्देशक हरिकृष्ण सुवेदी, मालपोत तथा भूमिसुधार शाखा (जग्गा प्रशासन)का निर्देशक तथा विभागका प्रवक्ता रोशन शङ्कर घिमिरे, योजना तथा अभिलेख शाखाका निर्देशक वेद प्रसाद अर्याल, भूसंरचना प्रविधिका कम्प्युटर अधिकृत हरिशरण थापा लगायतको उपस्थिति रहेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK