काठमाडौँ । नेपाली सेयर बजारमा त्यस्ता भालु ग्याङ्गका लगानीकर्ताहरु छन् जो बजार २२०० हुँदा बजार त कन्फर्म १६०० आउँछ भनेर धर्का तानी तानी, सेयर फालेर बसेका थिए । तर जब बजारमा अर्थमन्त्री विष्णु पौडेलको इन्ट्री भयो र बजारले एकाध ठाउँमात्र थकाई मारेर बुर्कुसी मार्दै अघि बढ्यो, भालु ग्याङ्गका ती लगानीकर्ताहरुलाई अहिले सही नसहनु भएको छ । विगतमा थोरैमा बेचेर बजार बढेपछि केहीले आफ्नो प्राण नै त्यागेको खबर सार्वजनिक भएको थियो । १९०० देखि २२०० मा अव त बजार बढ्दै बढ्दैन भनेर अड्डी कसेर बसेकाहरु अहिले त्यस्तै जिउनु कि मर्नुको स्थितिमा छन् ।
तर भनिन्छ नि, मार्केट इज अल्वेज राइट, अर्थात, बजार सधैँ सही हुन्छ । बजारले आफ्नो लय लिएपछि लियो लियो, एक दिन छ्यास्स, स्वाभाविक करेक्सन दिएर बजार साताको कारोबारको अन्तिम दिन बिहीबार पनि ३२ अंकको बढोत्तरीका साथ आफ्नो लयमा अघि बढेको छ । बियरिसमा अध्ययन गर्न खटेका, र तनाव र पीर खपेकाहरु अहिले ‘बेबी बुल’लाई इन्जोय गरिरहेका छन् । बजारमा छाएको यो हरियालीले अधिकांश लगानीकर्ताहरुलाई खुसी दिएको छ । त्यसमाथि लचिलो मौद्रिक नीति आउने अपेक्षाले हौसिएका लगानीकर्ताहरुकै कारण बिहीबार पनि बजार उकालो यात्रामै लागिरहेको छ ।
बजारमा घटेका बेला किन्ने हो, बढेका बेला बेच्ने पनि हो । तर हाम्रो बजारमा धेरैको पारा ठ्याक्कै उल्टो छ । बजार घट्दा सर्वश्व सकियो भनेर भएको सेयर पनि सबै बेचेर बस्ने अनि बजार बढ्दा, ओहो, अव त बजार कहिल्यै घट्दैन भनेर टुप्पो टुप्पोमा किन्ने । भलै, अहिले टुप्पोको समय हुँदै होइन, तर ख्याल गरेर अघि बढे सेयर बजारमा जितिन्छ, नत्र भएको पनि सिद्धिन्छ भन्ने तथ्यचाहिँ लगानीकर्ताले बिर्सनु हुँदैन । यस्तो बेला सबैभन्दा फाइदा जनक जानकारहरूका कुरा सुन्दा हुन्छ । र त आजको अंकमा हामीले सेयर बजारका अनुभवी लगानीकर्ताका केही टिप्सहरु लिएर उपस्थित भएका छौँ ।
सुरुमा लागौँ, लगानीकर्ता राजु पौडेलका टिप्सतर्फः
१. आफ्नो लगानीको ६०% पीइ कम भएका, आरओइ १५ भन्दा बढी भएका, बोनस दिने कम्पनी बलमा बेच्नका लागि किनेर छाड्ने । यो दीर्घकालीन लगानी हो ।
२. लगानीको २० प्रतिशत मात्र ट्रेडिङ गर्ने, २० प्रतिशत नगदै रिजर्भमा राख्ने । मौका आउँदा चौका हान्न काम लाग्छ ।
३. कुनै पनि कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागिसकेपछि त्यस्तो कम्पनीमा लोभ नगर्ने ।आज १०% बढेको कम्पनी भोलि ५% घट्न पनि सक्छ ।
४. नेप्सेले र कारोवार रकमले केही महिनायताको उच्च विन्दु बनाउँदा ट्रेडिङको ५०% स्टक बेच्ने ।
५. सेयर किन्दा सबै पैसाको एकैपटक नकिन्ने । एकपटकमा बढिमा २५% को मात्र किन्ने ।
६. केही दिन बजार बढेर करेक्सन सुरु हुँदा तत्काल किन्ने गल्ती नगर्ने । क्यास छैन भने केही स्टक बेचेर क्यासमा बस्ने । बजार घट्न रोकिएपछि मात्र किन्न सुरु गर्ने ।
७. किनेको सेयरको भाउ बढ्दै जान्छ भने थप्दै जाने । कमजोर कम्पनी छ भने, घट्दो क्रममा सकभर एभरेजिङ नगर्ने ।
८. सबै स्टकहरू तपाइले किनेकै मूल्यमा पुग्छन् भन्ने हुँदैन । ख्सती कम गर्नका लागि कहिलेकाहीं घाटामा पनि बेच्नुपर्ने हुन सक्छ ।
९. ब्रोकरसँग उधारो कारोबार सकभर नगर्ने । उधारोले फल नपाक्दै टिप्नुपर्ने अवस्था आउन सक्छ।
१०. पुष मसान्त र असार मसान्त लाग्नुभन्दा पहिला ५०% ट्रेडिङ स्टक बेचेर क्यासमा बस्ने । त्यो समय नेपालको सेयर बजारमा मनोवैज्ञानिक त्रास फैलाएर बजार घटाइने गरिन्छ ।
११. न्युज आइसकेपछि कुनै स्टकको मूल्य बढ्छ भने किन्ने हतार नगर्ने । तपाइको खातामा नआउँदै घट्न सक्छ ।
१२. बैकको ब्याजदर बढ्दा आम लगानीकर्ताहरू बिस्तारै बजारबाट निस्कने हुँदा उनीहरूको सिको गर्ने ।
१३. फेसबुक र क्लव हाउसको हल्लाको भरमा कहिल्यै सेयर नकिन्ने । धेरैले आफ्नो कम्पनीको विज्ञापन गर्नका लागि आएका हुन्छन् ।
१४. तपाईंले किन्न नजानेर भन्दा पनि सही समयमा बेच्न नजाने धेरै गुमाउनु पर्ने हुनसक्छ । बढेको बेलामा धेरै लोभ नगर्ने, घटेको बेलामा नडराई किन्ने ।
१५. फेक आइडीवाला गुरु, पेड धर्के र अनलाइन न्युजको आँखा चिम्लेर विश्वास नगर्ने ।
त्यस्तै, पोखराकै लगानीकर्ता पदम राज पौडेलका टिप्स पनि हेरौँः
१. सेयरमा लगानी गर्नु अगाडि वित्तीय जग बलियो बनाउनुहोस् ।
२. सर्वप्रथम सेयर बजारको ट्रेन्ड कता जादैछ भनेर गहिरो अध्यन र विश्लेषण गर्नुहोस् ।
३. ट्रेन्ड पत्ता लगाईसकेपछी अहिले सेयरमा लगानी गर्ने उपयुक्त समय हो कि होईन पहिचान गर्नुहोस् ।
४. सेयर खरिद गर्नु अघि पर्याप्त गृहकार्य गर्ने वा समय दिन सक्ने धैर्यता चाहिन्छ जसका लागि सूचना संकलन र विश्लेषण गरेर मुल्यावन कम्पनी छनौट गर्नुपर्छ । कम्पनीको छनौट गरिसकेपछि सस्तो मुल्यको पर्खाइमा बस्न सक्ने धैर्यता राख्नुपर्दछ ।
५. सेयर खरिद सामाजिक संजालमा सोधेर साथी भाईहरु ईस्टमित्र छरछिमेकिको बहकावमा र लहलैमा लागेर होईन कि कम्पनीको वित्तीय अवस्था र सुचकहरुलाई राम्रोसँग विश्लेषण गरेर उत्कृष्ट दस कम्पनीको सुची बनाउनुहोस् ।
६. बजार घटिरहेको अवस्थामा तपाईले दश उत्कृष्ट कम्पनीको सेयर खरिद गर्ने योजना बनाउनुहोस् ।
७. घटदो सेयर बजारमा एकैपटक लगानी नगर्नुहोस् । घटदो बजारबाट फाईदा लिनको लागि लगानीयोग्य पूँजीको कम्तीमा २०–३०% पैसा नगद राखनुहोस् ।
८. घटदो सेयर बजारमा दैनिक थोरे –थोरै सेयर खरिद गर्दै जानुहोस्, तबसम्म यो खरिदलाई जारि राखनुहोस् जब सम्म बजार घट्न रोकिदैन ।
९. बजार घटने क्रम रोकिएर बढ्न सुरु गरेपछि सेयर खरिद कार्यलाई रोक्नुहोस् ।
१०. पोर्टफोलियो म्यानेजमेन्टमा ध्यान दिनुहोस् । पोर्टफोलियो म्यानेजमेन्टको अर्थ सबै अन्डालाई एउटै टोकरिमा नराख्नुहोस् भन्ने हो । सबै अन्डा एउटै टोकरीमा राखदा केहीगरी टोकरी खस्यो भने सवै अन्डा नष्ट हुन्छन । सेयर बजारमा लगानी गर्दा पनि एउटा समुहको कम्पनीमा मात्र लगानी नगरि दुई वा दुईभन्दा बढी क्षेत्रमा लगानी गरियो भने एउटा क्षेत्रमा हुने नोक्सानीलाई अर्को क्षेत्रको नाफाले क्षतिपूर्ति गराउनु अर्थात् एउटा कम्पनीको सेयरमा भएको नोक्सानीलाई अर्को कम्पनीको सेयरमा भएको नाफाबाट क्षतिपूर्ति गराउनुनै पोटफोलियो म्यानेजमेन्ट हो ।
११. तपाईहरु के कुरामा विश्वस्त हुनुहोस् भने, ‘सेयर बजार बढेपछि घट्छ र घटेपछि बढ्छ । यसको विशेषता नै बढेपछि घट्नु र घटेपछि बढ्नु हो । त्यही भएर तपाईहरु हतारिएर उत्तेजनामा आएर बढ्दो बजारमा सेयर खरिद नगर्नुहोस् ।
१२. बजारमा विभिन्न समुहहरु हुन्छ्न जुन समुहहरुले सेयर बिक्री गर्नु पर्यो भने विभिन्न भ्रम सिर्जना गर्ने हल्ला गर्ने भोलि बजार यति अंकले माथी जान्छ, फलानो कम्पनीले यति प्रतिशत बोनस र हकप्रद सेयर दिदैछ भनी बिना आधार विभिन्न सामाजिक संजाल बाट हल्ला र भ्रम फिजाएर आफुले खरिद गरेको, सेयरको भाउ उचालेर तपाई हामी नयाँ र साना लगानीकर्ता हरुलाई फसाएर सेयर बिक्री गर्ने र सेयर बिक्री गरिसके पछि तिनै समुह फेरि बिना आधार बजार क्रयास हुँदै छ , तल जादैछ भनेर साना र नयाँ लगानी कर्ताहरुलाई अत्याएर सेयर बिक्री गर्न बाध्य बनाई सस्तोमा सेयर किन्ने दाउमा हुन्छ्न् । यस्ता समुहबाट सधै सचेत रहनुहोस र बच्नुहोस ।
१३. राम्रो कम्पनीको अहिले बजारमा मुल्य अण्डर भ्यालुमा छ भने त्यस्ता कम्पनीको सेयर खरिद गर्नुहोस जुन कम्पनीको सेयरले बजार बुलिस ट्रेन्डमा हुँदा राम्रो फाइदा दिन्छ ।
१४. विगतका गल्तीबाट सिकनुहोसः लगानीकर्ताले विगतमा सेयर खरिद गर्दा गरेका गल्तीहरु जस्तै मङगोमा सेयर खरिद गरेको, बजार घटदा सेयर खरिद गर्ने पैसा आफुसँग नराखेको, उत्तेजनामा आएर सेयर खरिद गरेको, सेयर खरिद गर्दा धर्यता नगरेको, बजार बढेपछि फेरि घटछ भन्ने कुराको विचार नगरेको आदि गल्ती हुन सक्छन् यस्ता गल्तिहरु को सुची बनाउनुहोस् र आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउनुहोस् ।
१५. सेयर बजारमा प्रवेश गर्नु भन्दा अगाडि देशको अर्थतन्त्र, राजनीति अमनचैन, युद्ध, अशान्ति, विपत्ति, नियमनकारी निकायकहरुको कदम, प्रबिधिमा आउने परिवर्तन, बजारमा लगानी गर्ने लगानीकर्ताको आत्मबल र मनोवृत्ति, बैंकको ब्याजदर, अरु क्षेत्रमा लगानी गर्ने अवसर आदि कुराहरु लाई सुक्ष्म रूपमा अध्यन गरेरमात्र बजारमा प्रवेश गर्नुहोस् ।
माथि उल्लेखित टिप्पसहरु लाई मनन गरेर तपाईहरु बजारमा प्रवेश गर्नु भयो तपाईहरुले पनि सेयरमा लगानी गरेर मनग्ये आम्दानी गर्न सफल हुनुहुनेछ । अब तपाई ९०% गुमाउनेमा होईन १०% कमाउनेमा पर्नुहुनेछ । र जरुर, हामीले उल्लेख गरेका दुई पौडेल गुरुका कुरा सुन्ने हो भने पनि लगानीकर्ताले बजारबाट राम्रै पैसा कमाउने कुरामा दुईमत रहनै सक्दैन । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्