×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टीभीएसको नयाँ शोरुम पोखरामा संचालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

टीभीएसको नयाँ शोरुम पोखरामा संचालन

Artha Sarokar

२७ असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्क्वायर मोटर्स प्राइवेट लिमिटेडले पोखरामा आफ्नो नयाँ टीभीएस शोरुम उद्‌घाटन गरेको छ । असार २६ गते आयोजित उद्‌घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा  महानगर प्रमुख धनराज आचार्यले रिबन काटेर शोरुमको उद्घाटन गरेका थिए । 

स्क्वायर मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कुटर आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ, जसमा विभिन्न टीभीएस मोडेलहरू उपलब्ध गराइने कम्पनीले जनाएको छ । 

त्यस्तै, टीभीएस सवारी साधनहरूको प्रदर्शनसँगै, शोरूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार सहित व्यापक सेवाहरू प्रदान गर्नेछ । 

पोखरामा टीभीएस उत्साहीहरुलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता स्क्वायर मोटर्सका सञ्चालकहरू बिनोज पोते र आदर्शमान श्रेष्ठले जनाएका थिए ।

जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरहरूको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको दावी कम्पनीको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी