×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्रोकाउलीको मूल्य बढ्यो, मंगलबार अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

GLOBAL IME BANK
SHREE KESH

ब्रोकाउलीको मूल्य बढ्यो, मंगलबार अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

१८ असार २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज ब्रोकाउलीको मूल्य बढेको छ । ब्रोकाउलीको मूल्य ३० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी १८० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ, सानो गोलभेडा (टनेल) २० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६० रुपैयाँ, भारतीय रातो आलु ५४ रुपैयाँ, रातो आलु (मुडे) ५० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, बन्दा लोकल २२ रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ८० रुपैयाँ, सेतो मुला हाइब्रिड ५० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ४०, मकै बोडी ८०, लोकल घ्यु सिमी लोकल ६०, हाइब्रिड घ्यु सिमी ६०, राजमा ११०, भटमासकोसा ९० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला २५, लौका ५०, लोकल परवर ३० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौला ६०, झिगुनी ४०, फर्सी पाकेको ३५, हरियो  हरियो फर्सी (डल्लो) २५, भिण्डी ६०, पिंडालू ९०, स्कुस ५० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ६० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ८०, कन्य च्याउ ८०, डल्ले च्याउ २४०, राजा च्याउ २८०, कुरिलो २००, न्युरो ७०, ब्रोकाउली १८०, चुकन्दर ५०, रातो बन्दा ४५, जिरीको साग ८०, सेलेरी १६०, पार्सले २५०, पुदिना १६०, गान्टे मुला ७०, इमली १५०, तामा ९०, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २५०, सुकेको खुर्सानी ४५०, हरियो खुर्सानी ८०, खुर्सानी हरियो (बुलेट) ८०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ३०, भेडे खुर्सानी ४०, हरियो लसुन ८०, हरियो धनियाँ ५०, चाइनिज सुकेको लसुन २००, नेपाली सुकेको लसुन १९०, छ्यापी सुकेको १५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २२०, आँप (मालदह) ७०, आँप (दसहरी) ७०, मौसम १६०, जुनार २२०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो ३०, रुख कटहर ३०, नासपाती (चाइनिज) २२०, भारतीय मेवा ८०, लिच्ची (लोकल) १३०, लिच्ची भारतीय २००, किवि ५५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: