×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३० रुपैयाँले बढ्यो काउलीको मूल्य, मंगलबार अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

LAXMI SUNRISE BANK
GLOBAL

३० रुपैयाँले बढ्यो काउलीको मूल्य, मंगलबार अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

१ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज  स्थानीय काउलीको मूल्य बढेको छ ।  स्थानीय काउली ३० रुपैयाँले बढेर प्रतिकेजी १३० रुपैयाँमा किनबेच भईरहेको छ।

नेपाली ठुलो गोलभेडा ११० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) ३५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६८ रुपैयाँ, भारतीय रातो आलु ५८ रुपैयाँ, रातो आलु (मुडे) ५० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ९२ रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, बन्दा लोकल ५० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ९० रुपैयाँ, सेतो मुला (लोकल) २५ रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ८०, तने बोडी ११०, मकै बोडी ९०, घिउ सिमी लोकल १४०, घिउ सिमी राजमा १३०, भटमासकोसा ११० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ९०, लौका ९०, लोकल परवर ७० रुपैयाँ, परवर तराई ७०, चिचिण्डो ६० रुपैयाँ, घिरौला १००, झिगुनी ९०, फर्सी पाकेको ५०, हरियो फर्सी (डल्लो) ७०, भिण्डी १३०, स्कुस ७० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग २३० रुपैयाँ, तोरीको साग १३० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज १३०, कन्य च्याउ १६०, डल्ले च्याउ ४००, राजा च्याउ २८०, कुरिलो २५०, न्युरो १२०, ब्रोकाउली १३०, चुकन्दर ६०, सजिवन ५००, रातो बन्दा ६०, जिरीको साग ४००, सेलेरी २००,पार्सले ५००, पुदिना ५००, गान्टे मुला ८०, इमली १५०, तामा ११०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (अकबरे) ३५०, खुर्सानी हरियो (माछे) ८०, भेडे खुर्सानी १२०, हरियो लसुन १५०, हरियो धनियाँ २५०, चाइनिज सुकेको लसुन २३०, नेपाली सुकेको लसुन १९०, छ्यापी सुकेको १५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २५०, अनार ३५०, आँप (मालदह) १२०, आँप (दसहरी) १२०, मौसम १६०, जुनार २४०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो १००, हाइब्रिड काक्रो ७०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २२०, भारतीय मेवा ९०, किवि ४५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी