×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५० रुपैयाँले बढ्यो हरियो धनियाँको मूल्य, मंगलबार अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

LAXMI SUNRISE BANK
GLOBAL

५० रुपैयाँले बढ्यो हरियो धनियाँको मूल्य, मंगलबार अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

८ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज हरियो धनियाँको मूल्य बढेको छ । हरियो धनियाँको मूल्य ५० रुपैयाँले बढेर प्रतिकेजी ४५० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा ६५ रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) २५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६८ रुपैयाँ, भारतीय रातो आलु ५६ रुपैयाँ, रातो आलु (मुडे) ५० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ८५ रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १०० रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ८०, तने बोडी ११०, मकै बोडी १३०, घिउ सिमी लोकल १२०, घिउ सिमी राजमा १३०, भटमासकोसा १४० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ६०, लौका ४०, लोकल परवर ७० रुपैयाँ, चिचिण्डो ६० रुपैयाँ, घिरौला ७०, झिगुनी ८०, फर्सी पाकेको ६५, हरियो फर्सी (डल्लो) ८०, भिण्डी ६०, पिंडालू १००, स्कुस ७० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग १५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज १८०, कन्य च्याउ १६०, डल्ले च्याउ ३८०, राजा च्याउ २८०, कुरिलो २५०, न्युरो ९०, ब्रोकाउली ११०, चुकन्दर ६०, सजिवन ४५०, रातो बन्दा ६०, जिरीको साग ३००, सेलेरी ३५०,पार्सले ५४०, पुदिना ५४०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १२०, गुन्द्रुक २५०, अदुवा २२०, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी १००, खुर्सानी हरियो (बुलेट) १००, खुर्सानी हरियो (अकबरे) ३५०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ११०, हरियो लसुन १६०, हरियो धनियाँ ४५०, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन १८०, छ्यापी सुकेको १६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २४०, अनार ३५०, आँप (मालदह) १००, आँप (दसहरी) १००, मौसम १७०, जुनार २४०, भुई कटहर प्रति गोटा १३०, लोकल काक्रो ८०, हाइब्रिड काक्रो ४०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २५०, भारतीय मेवा ९०, किवि ५०० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी