×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाः पाइलट र चार चिनियाँ नागरिकको मृत्यु 

LAXMI SUNRISE BANK
GLOBAL

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाः पाइलट र चार चिनियाँ नागरिकको मृत्यु 

२३ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौर क्षेत्रमा भएको दुर्घटनामा पाइलटसहित पाँच जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा पाइलट (नेपाली नागरिक) अरुण मल्ल, चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी र जीक्वीङ सी रहेका छन् । 

उद्धारमा खटिएका प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउने पाँचै जनाको शव दुर्घटनास्थलबाट निकालिसकिएको छ । उक्त हेलिकप्टर चिनियाँ नागरिक बोकेर बुधबार दिउँसो १ः५४ बजे काठमाडौँबाट रसुवाका लागि उडेको थियो । 

उक्त जहाज काठमाडौँबाट उडेको ३ मिनेटपछि टावरसँग सम्पर्कविच्छेद भएको थियो । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी